१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

हिमालयन लघुवित्तको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन, कुनकाे हिस्सा कति ?

२९ भदाै, काठमाडाैं । हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयर स्वामित्व परिमार्जन भएको छ । लघुवित्तकाे संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन भएकाे हाे ।

संस्थाले सेयर स्वामित्व परिमार्जन गर्दै संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गरेको हो। यसअघि संस्थामा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व रहेको थियो। परिमार्जित सेयर स्वामित्वअनुसार धितोपत्र अभिलेख गरिएको नेप्सेले जनाएको छ।

प्रकाशित मिति : September 15, 2023 at 4:10 pm