२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

संविधानसभा अध्यक्ष नेम्वाङलाई श्रद्धाञ्जली (तस्बिरहरू)

२६ भदाै, काठमाडाैँ । नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। नेकपा एमाले केन्द्रीय सचिवालयको च्यासलमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय लिएको हो।

बैठक नेम्वाङको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो। पार्टी कार्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम तीन दिन स्थगित गरेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले बताउनु भयो। पार्टीको तर्फबाट असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गरिने ज्ञवालीले जानकारी दिनुभयो।

उहाँले पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा मंगलबारदेखि तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको बताउनुन भयो। उहाँले पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको पनि बताउनु भयो। त्यस्तै नेम्वाङको इलामस्थित निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म शोक मनाउने निर्णय भएको ज्ञवालीले बताउनु भयो ।

एमालेले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय पनि गेको छ। त्यस्तै असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धान्जली सभा आयोजना गर्ने निर्णय पनि भएको छ। अहिले पार्टी कार्यालयमा च्यासमा नेम्वाङको पार्थिव शरिरमा श्रद्धाञ्जली दिने काम भैहरेहेको छ । तस्बिरहरूः एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालय

प्रकाशित मिति : September 12, 2023 at 3:22 pm