२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमाले लुम्बिनीमा राधाकृष्ण कँडेल विजयी, ओली र पोखरेलको म्यान्डेट बोकेका हरि हारे

२० भदाै, काठमाडाैँ । नेकपा (एमाले)को लुम्बिनी प्रदेशको अध्यक्षमा निवर्तमान अध्यक्ष राधकृष्ण कँडेल नै विजयी भएका छन । प्रतिस्पर्धी पार्टी केन्द्रीय सदस्य हरि रिजाललाई दुई मतले पराजित गर्दै कँडेल अध्यक्षमा विजयी भएका हुन । पार्टी अध्यक्ष केपी शर्मा अोलीदेखि महासचिव शंकर पोखरेलसम्मको अार्शिवाद पाएर पनि हरिले हार व्यहोरेका छन ।

लुम्बिनी प्रदेशको अधिवेशनको उद्घाटन सत्रमै गुटबन्दीकोबारे चर्को बहस भएको थियो । यद्यपी केन्द्रीय हेडक्वार्टरको पुरै आर्शिवाद पाएका कारण प्यानल नै बनाएर चुनावी मैदानमा गएका हरिले झिनो मतको नमिठो हार व्यहोरेका छन । एमालेले लुम्बिनीमा गुटबन्दीको बिरोधमा चर्को बहस गरे पनि अन्तिममा प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धा गरेको थियो ।

मंगलबार बिहान सम्पन्न भएको मतगणनामा पदाधिकारीमा हरि समूहका एक जनामात्र विजयी हुन सफल भएका छन । अध्यक्षमा विजयी कडेँल र उनको समूह पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेलको निकट मानिन्छ । चुनावी मैदानमा पनि पौडेल निकटका नेता कार्यकर्ताहरू कडेँलको पक्षमा र महासचिव शंकर पोखरेल निकटका नेता कार्यकर्ता रिजालको पक्षमा खुलेर मैदानमा मतमाग्न लागि परेका थिए ।

कुल खसेको ९६५ मत मध्ये कँडेलले ४७९ मत प्रात गरेभने उनका प्रतिस्पर्धी रिजालले ४७७ मत प्राप्त गरे । उपाध्यक्ष पदमा कँडेल समुहकै भोजप्रसाद श्रेष्ठले ४५५ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी रिजाल समूहका बिश्वराज बराल अनुपले ३०६ मत प्राप्त गरे ।

उपसचिवमा रोल्पाका पूर्ण बुढामगरले ४१८ मत प्राप्त गर्दै विजयी भए । उनी रिजाल समूहका हुन । उनका प्रस्पर्धी  कँडेल समूहका बाँकेका दुर्गा प्रसाद थारुले ३९३ मत प्राप्त गरे । अर्को उपसचिवमा कँडेल समूहबाटै बर्दियाकी लिला रानामगर ३५२ मतसहित विजयी भइन । उनको प्रतिस्पर्धी रिजाल समुहकै बाँकेकी बसन्ती अधिकारीले ३५१ मत प्राप्त गरिन । सचिव पदमा कँडेल समूहकै लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका थिए ।

भदौ १६ गते सुरू भएको एमालेको लुम्बिनी प्रदेश अधिवेशन चारदिनपछि २० गते सम्पन्न भएको छ । अधिवेशनमा कुल १ हजार ४ जना मतदाता सहभागी भएकोमा ९६५ जनालेमात्रै मतदान गरेका थिए ।

हरि रिजाल समूहकको चुनावी प्रचारमा एमालेको दशाैँ महाधिवेशनकै शैलीमा मतदातामा बाँडिएको प्यानलको सूची ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १०:०३