८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कामना सेवा विकास बैंककाे ५७ हजार २५ कित्ता सेयर बिक्रीमा

१७ भदाै, काठमाडाैं । कामना सेवा विकास बैंकले केही सेयर बिक्रीमा राखेकाे छ । बैंकले ५७ हजार २५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेकाे हाे ।  बैंकले बिक्रीमा राखेकाे उक्त सेयरमा संस्थापक सेयरधनीका साथै सर्वसाधारण अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

बैंकले यअसघि संस्थापक सेयरधनीहरुका लागि सेयर बिक्री खुला गरेकाे थियाे । तर संस्थापक सेयरधनीहरूबा साे सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेपछि  सर्वसाधारणका लागि खुला गरिएको बैंकले जनाएको छ। इच्छुक लगानीकर्ताले काठमाडाैंकाे ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार १३:२९