८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

ज्योति विकास बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

१४ भदाै, काठमाडाैं । ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेकाे छ । बैंकले बिक्रीमा राखेकाे सेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा आवेदन दिन सकिनेछ । साथै, तोकिएको समयसम्म विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभए अन्य व्यक्ति, संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार १७:०७