२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमालेका ऋषिकेश पोखरेल र किरण शाहद्वारा दुई संसदीय समितिमा उम्मेदवारी दर्ता

१० भदाै, काठमाडाैं । नेकपा एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गराएको छ । एमालेका तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समिति सभापतिमा किरण शाहले उम्मेदवारी दर्ता गराएका हुन् ।

पोखरेलको प्रस्तावकमा राजेन्द्र केसी र समर्थकमा दामोदर भण्डारी तथा शाहको प्रस्तावकमा शान्ति विक र समर्थकमा आश्माकुमारी चौधरी रहेका छन् ।​

प्रतिनिधिसभाअन्तर्गत् १० वटा विषयगत समितिको सभापति पदका लागि भोलि निर्वाचनका हुँदैछ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार १४:५१