२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सिंहदरबार बैठकः दलहरुबीच दुईबुँदे सहमति (सहमति पत्रसहित)

६ भदौ, काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ । बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलहरूबीच सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग गठनको सहमति भएको छ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित बैठकले दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेकाे हाे ।

एमालेले ६० किलाे सुन बरामद प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै  साउन १० देखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । आजै दिउँसाे ३ बजेका लागि संसदको अर्को बैठक बोलाइएको छ ।

 

 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १४:०७