हिमालयन बैंकको करिब साढे १५ लाख कित्ता सेयर बिक्रीमा
६ भदाै, काठमाडाैं । हिमालयन बैंकको करिब साढे १५ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १५ लाख ४० हजार ७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। जसमा संस्थापक सेयरधनी प्रभा गोयन्का भीमसरीयाको १४ लाख ५१ हजार १८४ कित्ता, जस्मिन तन्डुकारको ५२ हजार ९१० कित्ता र प्रदीपकुमार विडारीको ३५ हजार ९८० कित्ता रहेको छ।
बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडाैंकाे कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन गर्नुपर्नेछ।
तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।
प्रकाशित मिति : August 23, 2023 at 1:25 pm









