२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सुन प्रकरणमा मुछिएका चिनियाँ नागरिकलाई फलफूल व्यापारीका रूपमा मात्र चिनेकाे हुँ: महरा

३० साउन, दाङ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रूपमा मात्र चिनेको बताएका छन् ।
उनले भने, ‘त्यसबाहेक उनलाई मैले चिनेको छैन । सुन प्रकरणमा मेरो गलत प्रचार भएको छ, ‘सञ्चार माध्यममा गलत प्रचार भएको छ ।’ सुन तस्करीका विषयमा आफूले कुनै पनि टेलिफोन संवाद नगरेको महराको दाबी छ ।
वामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको बताएका छन् । दाङको घोराहीस्थित निवासमा पत्रकार सम्मेलन गर्दै उनले आफूले सबै वामपन्थी शक्तिलाई एक बनाउनका लागि भूमिका खेल्दा प्रहार भएको हुन सक्ने आशङ्का व्यक्त गरे ।
“म सन्तुलन मिलाउने व्यक्ति हुँ । सकेसम्म सबै वामपन्थी, सबै माओवादीबीच एकता होस् । यो देशका राष्ट्रिय शक्ति एक ठाउँमा भइदिए देशको विकास हुन्थ्यो भन्ने चाहना छ”,  उपाध्यक्ष महराले भने । सुन तस्करी प्रकरणमा आफुलाई जोडेपछि उनले आज दाङमा पत्रकार सम्मेलन गरेका हुन् । सरकारलाई अनुसन्धानमा सहयोग गर्ने उपाध्यक्ष महरालाले स्पष्ट पारे ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलवार १५:५५