३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

गठबन्धन बैठकः गौर हत्याकाण्डको फाइल बन्द गर्ने, सुन प्रकरणमा उच्चस्तरीय समिति नबनाउने

२९ साउन, काठमाडाैं । सत्ता गठबन्धनको बैठकले गौर हत्याकाण्डको फाइल बन्द गर्ने निष्कर्ष निकालेको छ। एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले सोमबार साँझ प्रधानमन्त्री निवास बालुुवाटारमा बसेको बैठकले सो निष्कर्ष निकालेको बताए ।

बैठकपछि पत्रकारसँग निर्णय सुनाउँदै पाण्डेले भने, ‘गौर हत्याकाण्डमा जो मारिए तीनलाई सहिद घोषणा गर्ने काम भइसकेको छ। तीनलाई क्षतिपूर्ती पनि राज्यले दिइसकेको छ, अरु केही बाँकी नै छैन, यसलाई क्लोज गर्नुभन्दा बाहेक अरु बाँकी छैन।’

यस्तै बैठकले सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने एमालेको मागलाई अस्वीकार गर्ने निर्णय समेत गरेकाे छ । एमालेले अनुसन्धान डाइभर्ट गर्नमात्रै यो मुद्दा उठाएको भन्दै उच्चस्तरीय समिति आवश्यक नरहेको निष्कर्य बैठकले निकालेकाे छ । सुन तस्करी प्रकरणबारे सीआइबीले गरिरहेको अनुसन्धानलाई नै प्रभावकारी बनाउनुपर्ने निष्कर्ष बैठकले निकालेको पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : 19:55