२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

गठबन्धनकाे बैठक बालुवाटारमा जारीः गौर हत्याकाण्ड, ललिता निवास र संसद् मुख्य एजेन्डा

२९ साउन, काठमाडाैं । सत्तारुढ गठवन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरू भएकाे छ । साेमबार साँझ सुरू भएकाे बैठकमा समसामयिक राजनितिक घटनाक्रम र एक क्वीन्टल सुन बरामद प्रकरणमा नेकपा एमालेले लगातार संसद अवराेध गर्दै आइरहेकाे विषयमा छलफल हुने बताइएकाे छ ।

यस्तै बैठकमा भ्रष्टाचारका फाइल खोलेपछि गठबन्धन दलबीच बढेको आशंका, ललिता निवास जग्गा प्रकरणमा नेकपा एसका अध्यक्ष माधव नेपाल र नेसपा अध्यक्ष बाबुराम भट्टराईको नाम जोडिएको विषय र गौर हत्याकाण्ड लगायतका विषयमा छलफल हुने बताइएकाे छ ।

बैठकमा महान्यायाधिवक्ता दीनमणि पोखरेललाई पनि राखिएको छ। यस्तै बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरु सहभागी छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १८:३७