२४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026

एमालेमा २ जना केन्द्रीय सदस्य थपिए

२९ साउन, काठमाडाैं । नेकपा एमालेमा २ जना केन्द्रीय सदस्य थपिएका छन् । सोमबार बसेको पार्टीको सचिवालय बैठकले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

न्यौपाने नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष छाडेर एमाले प्रवेश गरेका थिए। २०४५ सालदेखि पटकपटक केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका न्यौपाने एमाले विभाजनसँगै एकीकृत समाजवादीको उपाध्यक्ष बनेका थिए।

त्यस्तै, लामा ०७४ सालको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि वाम गठबन्धनको बागी उठेर सांसद जितेका थिए। त्यसपछि तत्कालीन नेकपा हुँदै माओवादीमा फर्किएका थिए। पछि उनी एमाले प्रवेश गरेका थिए।

प्रकाशित मिति : August 14, 2023 at 4:05 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/