२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमालेको अवराेधपछि प्रतिनिधिसभा बैठक भदौ ३ सम्मलाई स्थगित

२९ साउन, काठमाडाैं । नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेकाे छ । सोमवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै एमालेले नाराबाजी गरेको थियाे ।

एमालेले एक क्वीन्टल सुन बरामद प्रकरणको छानबिनका लागि उच्च स्तरीय सिमिति बनाउन माग गरेकाे छ । बैठककाे सुरूमै एमाले सांसदहरूले उठेर सुन तस्करीमा संलग्नलाई कारवाही गर भनेर नाराबाजी गरेका थिए ।

एमालेले सुन तस्करीको छानबिन गर्न उच्च स्तरीय सिमिति बनाउन माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । एमालेले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आगामी भदौ ३ गते बस्नेगरी बैठक स्थगित गरेका छन् ।

यसअघि पनि एमालेको अवरोधका कारण बैठक स्थगित हुँदै आएको थियो । एमालेले सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १५:३४