शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा २१.२९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
२२ साउन, काठमाडाैं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समिक्षा अवधिमा बैंकले ७८ करोड ६८ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । याे अघिल्लाे वर्षकाे साेही अवधिकाे तुलनामा २१.२९ प्रतिशत बढी हाे । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ६४ करोड ८७ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंककाे खुद ब्याज आम्दानी २६.८७ प्रतिशतले बढेर २ अर्ब १० करोड ९९ लाख ८७ हजार रुपैयाँ पुगेको छ । बैंककाे सञ्चालन नाफा २८.८४ प्रतिशतले बढेर १ अर्ब १३ करोड ३८ लाख २७ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा बैंककाे प्रतिसेयर आम्दानी १ रुपैयाँ २१ पैसाले बढेर १८ रुपैयाँ ३७ पैसा पुगेको छ ।
प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १०:२३