३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

किन्ने हाेइन त ? १६५ रुपैयाँमै सर्वसाधारणका लागि शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा

१९ साउन, काठमाडाैं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आज साउन १९ गतेबाट सेयर बिक्रीमा राखेकाे छ । बैंकले आजबाट संस्थापक समूहको ५० हजाार कित्ता सेयर बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ। बिक्रीका राखिएकाे उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै, सर्वसाधारण, अन्य जोकाेही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र  अधिकतममा सम्पूर्ण कित्ताका लागि साउन २६ गतेसम्म खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको थापाथलीस्थित कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।

प्रकाशित मिति : August 4, 2023 at 11:28 am