९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

३१.०७ प्रतिशतले घट्याे गुराँस लघुवित्तको नाफा, कस्ता छन् अन्य सूचक ?

१८ साउन, काठमाडाैं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तले सार्वजनिक गरेको गरेकाे विवरणअनुसार कमपनीकाे खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

समीक्षा अवधिमा कम्पनीले २८ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३१.०७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ४१ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ३२.८३ प्रतिशतले घटेर ४४ लाख ७४ हजार रुपैयाँमा पुगेकाे छ । लघुवित्तको खुद नाफा १७.१४ प्रतिशत घटेर ५ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ । १० करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा काेषमा २ करोड ५ लाख रुपैयाँ सञ्चित छ। याे अवधिमा लघुवित्तले ३० करोड ८८ लाख रुपैयाँ निक्षेप तथा ८१ करोड ३३ लाख रुपैयाँ सापटीबाट १ अर्ब २२ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ४४ पैसाबाट घटेर २ रुपैयाँ ८१ पैसामा सीमित भएको छ। गत वर्ष यही अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) १३.०७ रुपैयाँ थियो। पीई रेसियो २६२.२५गुणा रहेको रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२०.२६ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : August 3, 2023 at 11:53 am