३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी

१६ साउन, काठमाडाैं । संवैधानिक परिषदको बैठक बसिरहेको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी छ।

बैठकमा संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र उपसभामुख इन्दिरा राना सहभागी छन् ।

यसअघि नै प्रधानमन्त्रीसँग पटकपटक भेट गर्दै एमाले अध्यक्ष ओलीले प्रधान्यायाधीश सिफारिसबारे छलफल गरेका थिए । सर्वोच्चका वरिष्ठतम न्यायाधीश विश्वम्भर श्रेष्ठलाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्ने सम्भावना छ ।

प्रकाशित मिति : 17:04