९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

राष्ट्र बैंकले सार्वजनिक गर्याे आन्तरिक ऋण निष्कासन तालिका

१६ साउन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१को वार्षिक आन्तरिक ऋण निष्कासन तालिका सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षमा कुल २ खर्ब ४० अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको हो।

जसमा ट्रेजरी बिलमार्फत ५५ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत १ र्ख ७९ अर्ब रुपैयाँ, नागरिक बचतपत्र (५ वर्षे)मार्फत ५ अर्ब रुपैयाँ र वैदेशिक रोजगार बचतपत्र (५ वर्षे)मार्फत १ अर्ब रुपैयाँ रहेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेकाे आन्तरिक ऋणमा ट्रेजरी बिलको २२.९ प्रतिशत, विकास ऋणपत्रको ७४.६ प्रतिशत, नागरिक बचतपत्रको २.१ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको ०.४ हिस्सा रहेको छ।

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ अर्ब रुपैयाँ, दोस्रो त्रैमासमा पनि ५५ अर्ब रुपैयाँ, तेस्रो त्रैमासमा ५३ अर्ब रुपैयाँ र चौथो त्रैमासमा ७७ अर्ब रुपैयाँ गरी कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ। खुला बजार सञ्चालन समितिले आवश्यकताअनुसार तालिकामा परिवर्तन गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : August 1, 2023 at 4:07 pm