२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमालेकाे अवराेधपछि प्रतिनिधिसभा बैठक स्थगित

१० साउन, काठमाडाैं । नेकपा एमालेकाे अवराेधपछि संसद बैठक स्थगित भएकाे छ । सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेकाे थियाे ।

सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु वेल घेराउमा गएर नाराबाजी सुरु गरेका थिए । एमालेकाे नाराबाजीपछि सभामुख घिमिरेले साउन १५ गतेसम्मका लागि संसद बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १६:५१