१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

महुली लघुवित्तको २० हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

१० साउन, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले केही संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी विष्णु प्रसाद न्यौपानेको नाममा रहेको २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले साे सेयरको खरिद मूल्य भने खुलाएको छैन् ।

उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । साे सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन  भएकाे ३५ दिनिभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णसवार सप्तरीमा आफुले खरिद गर्न भाहेकाे सेयर संख्याकाे व्याहोरा खुलाइ आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा साे सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : July 26, 2023 at 12:50 pm