१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

जनउत्थान सामुदायिक लघुवित्तको ३६ हजार सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?

२ साउन, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न चार जना संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । संस्थापक सेयरधनी समुहका प्रेम कुमार बरालको नाममा रहेको छ हजार कित्ता, मान बहादुर बीकेको १० हजार कित्ता, माधव प्रसाद नेपालको १० हजार कित्ता र यज्ञ बिक्रम शाहीको १० हजार कित्ता गरि कुल ३६ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर संस्थापक सेयरधनीहरु लगायत अन्य जोकोही व्यक्तिहरुले पनि आवेदन दिन सक्नेछन् । साे सेयरमा इच्छुक लगानीकर्ताले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र कम्पनीकाे केन्द्रिय कार्यालय बुटबलमा खरिद आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १२:२०