२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमाले बागमतीको संयोजन गर्ने विष्णु रिमालको जिम्मेवारी खोसियो, इन्चार्जमा गुरू बराल

३० असार, काठमाडाैँ । नेकपा (एमाले)को सचिवालय बैठकले पार्टी नेताको जिम्मेवारी हेरफेर गरेको छ । ठ्याक्कै एक महिना अघि जेठ २९ गते पार्टी केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेलको उपस्थितिमा बागमती प्रदेशका केन्द्रीय सदस्यसहरूसहितको बैठकले केन्द्रीय सचिवालयको तर्फबाट उपमहासचिव विष्णु रिमालले संयोजन गर्ने जिम्मेवारी तोकेको थियो । त्यसको ठ्याक्कै एक महिनापछि शनिबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी स्थायी कमिटीका सदस्य गुरू बराललाई इन्चार्जको जिम्मेवारी तोकेको हो ।

शनिबारको सचिवालय बैठकको निर्णय सुनाउँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले केही संगठनात्मक निर्णय र जिम्मेवारी हेरफेरको निर्णय भएको भन्दै बागमतीको इन्चार्जमा स्थायी कमिटी सदस्य बराल तोकिएको जानकारी दिएका हुन । जेठ अन्तिम साता बसेको एमाले सचिवालय बैठकले बागमतीको इन्चार्ज केन्द्रीय कार्यालयको प्रत्यक्ष निगरानी९संयोजनमा० रहने भनेर निर्णय गरेको थियो । सोही निर्णयको आधारमा बागमती प्रदेशका केन्द्रीय सदस्यसहरूसहितको बैठकले  रिमाललाई संयोजक तोकेको थियो ।

रिमाल वित्त तथा कोष व्यवस्थापन र निर्वाचन विभागको प्रमुखको जिम्मेवारीमा पनि रहेका छन । एमालेले सात मध्येको छ प्रदेशमा पार्टीका सचिवहरूलाई इन्चार्जको जिम्मेवारी दिएको छ तर बागमतीमा भने अब स्थायी कमिटीका सदस्यलेल इन्चार्जको जिम्मेवारी पाएका छन ।

जेठ अन्तिम साताको एमालेको सचिवालय बैठकले कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिममा छविलाल विश्वकर्मालाई इन्चार्जको जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार १८:५३