२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

तीन दलका शीर्ष नेताको बैठक सकियो, संसदबारे बैठकमै थाहा हुने ओलीको प्रतिक्रिया

२५ असार, काठमाडौं ।  प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । संसद्को अवरोध हटाउनेबारे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमामा तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच छलफल भएको हो ।

बैठकपछि बाहिरिएका प्रधानमन्त्री प्रचण्डले आफू संसदमा सम्बोधन गर्न जान लागेको प्रतिक्रिया दिएका छन् । सोमबार संसद्‍मा अवरोध खुल्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा एमाले अध्यक्ष ओलीले भने  ‘पार्लियामेन्टमा थाहा हुन्छ।’ प्रतिनिधिसभाको बैठक सोमबार नै दिउँसो ३ बजेका लागि बोलाइएको छ।

सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागि थिए । यसअघि आइतबार पनि प्रतिनिधिसभाको बैठकको अवरोध खुलाउनेबारेमा तीन दलका शीर्ष नेताहरूबीच सहमति भए पनि अन्तिममा भाँडिएको थियो ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार १४:५०