भर्नुभयाे त ? घोराही सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२५ असार, काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीकाे आईपीओमा आवेदन दिने आज असार २५ गते साेमबार अन्तिम दिन रहेको छ । कम्पनीले असार २२ गतेदेखि स्थगित भएको आईपीओ पुनः बिक्रीमा ल्याएकाे थियाे । उक्त आईपीओ आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिने छ।
सीडीएसका अनुसार आइतबार साँझसम्ममा कम्पनीकाे आईपीओमा ६ लाख ३१ हजार ३२८ जना आवेदकले २ करोड ४७ लाख ४३ हजार ६०० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेका छन् ।
कम्पनीको आईपीओमा लगानीकर्ताले सिआस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : 11:04









