२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

संसदको अवरोध खुलाउन प्रचण्ड-देउवा र ओलीबीच छलफल जारी

२४ असार, काठमाडौं । तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओली छलफलमा जुटेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर सदन अवरोध गरेपछि त्यसको समाधानको प्रयासस्वरूप तीन दलका शिर्ष नेताहरूबीच छलफल शुरू भएको हो ।

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागसहित एमालेले निरन्तर सदन अवरोध गर्दै आएको छ । यसअघि सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्रीले सदनमा जवाफ दिने तर राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको थियो । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री प्रचण्डले किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली (द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’) पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितमले पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि उनको चर्को विरोध भइरहेको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आईतवार १२:१६