१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेप्सेले गर्याे दुई लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का

२२ असार, काठमाडाैं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । यी दुई लघुवित्त एक आपसमा गाभिई साना किसान विकास लघुवित्तको नामबाट असार २४ गतेदेखि एकीकृत कारोबार सुरू गर्दै छन् ।

यी दुई लघुवित्त कम्पनी आपसमा गाभ्ने गाभिने प्रक्रिया सम्पन्न भई असार २४ गते आइतबारदेखि नै साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमीटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने व्यहोराको पत्र प्राप्त भएको उल्लेख गर्दै नेप्सेले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम असार २४ गते देखि सेयर कारोबार रोक्का हुने नेप्सेले जनाएकाे छ ।

यी दुई लघुवित्तले असार १७ गते नेप्सेलाई पत्र लेख्दै मर्जर प्रक्रिया सकिएको र सोहीअनुसार सेयर कारोबार रोक्का राख्न अनुरोध गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार १४:१०