सिटिजन लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्दै, प्रतिकित्ता २४४ रुपैयाँ तिर्नुपर्ने
२२ असार, काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले असार ३१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हाे ।
कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आइपीओ जारी गर्न लागेको हो ।
कम्पनीकाे आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ११ लाख २५ हजार कित्ता सेयरका लागि छिटाेमा असार ३१ गते र ढिलाेमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल रहेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा ‘मेरो सेयर’ प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : 12:42









