११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बाँडफाँड शुक्रबार, सेयर पाउने कति ?

२१ असार, काठमाडाैं । अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ भोलि असार २२ गते शुक्रबार बाँडफाँड गरिने भएको छ। कम्पनीले गत असार १० गतेदेखि असार १३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ शुक्रबार बाँडफाँड गरिने बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटलले जनाएकाे छ ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजार ४६३ जना आवेदकले १ करोड ३९ लाख ६४ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए । याे मागभन्दा मागभन्दा २५.८८ गुणा बढी हाे । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५३ हजार ९५० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १२ लाख २८ हजार ५१३ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले जारी पुँजीको २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। कम्पनीले त्यसमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको थियो।

कम्पनीले ५ प्रतिशतले हुन आउने ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको थियो। बाँकी ५ लाख ३९ हजार ५०० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरेको थियो।

प्रकाशित मिति : July 6, 2023 at 5:08 pm