११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

रावा इनर्जी र मोदी इनर्जीको सेयर कारोबार सुरु, कतिमा भयाे पहिलो काराेबार ?

२० असार, काठमाडाैं । मोदी इनर्जी र रावा इनर्जी डेभलपमेन्टको सेयर कारोबार बुधबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ। आज स्पेसल प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र यी दुई कम्पनीकाे सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।

मंगलबार दुवै कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको थियो। पहिलो कारोबारका लागि नेप्सेले मोदी इनर्जी प्रतिकित्ता न्यूनतम ९२.७७ रुपैयाँदेखि अधिकतममा २७७.७१ रुपैयाँ र रावा इनर्जीलाई प्रतिकित्ता न्यूनतम ८३.१० रुपैयाँदेखि अधिकतममा २४९.३० रुपैयाँको ओपनिङ रेन्ज तोकेको थियो।

बुधबार स्पेसल प्रि ओपन सेसनमा रावा इनजीको पहिलो कारोबार प्रतिकित्ता २४९.३० रुपैयाँमा खुला भएको हो । भने मोदी इनर्जीको पहिलो कारोबार प्रतिकित्ता २७० रुपैयाँमा खुला भएको छ ।

प्रकाशित मिति : July 5, 2023 at 11:21 am