२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

१३५ रुपैयाँमा सिटिजन्स बैंकको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

२० असार, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक सेयरधनी तारा बिष्टको नाममा रहेको ११ लाख कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे ।

बिक्रीमा राखिएकाे उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य तोकी खरिद आवेदन दिनुपर्नेछ।

बैंकले यसअघि उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरेकाे थियाे । तर, संस्थापक सेयरधनीहरुबाट साे सेयर खरिदका लागि आवेदन नपरेपछि बैंकले सर्वसाधारण, अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरेको हाे । साे सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : July 5, 2023 at 10:51 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/