१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने साढे दुई अर्बमा सिमित

१९ असार, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा दाेहाेराे अंककाे सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.७३ अकंले बढेर २०८८.७० बिन्दुमा बन्द भएको छ । आज २८२ कम्पनीको ६४ लाख ५० हजार ९३४ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँको कारोबार भएको छ ।

आज सिटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी बिपिडब्लु लघुवित्त कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस दिन नागरिक लगानी कोषकाे सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीको १२ करोड १७ लाख रुपैया बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार १५:२१