६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

घट्यो हवाई भाडा, अब कहाँ जान कति तिर्नुपर्छ ? (सूचीसहित)

१९ असार, काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो ।

आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको हो । प्राधिकरणले काठमाडाैं–धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घटाएर ६ हजार १० रुपैयाँ कायम गरेको छ। यसअघि यो रुटको हवाई भाडा ६ हजार ६२५ रुपैयाँ रहेको थियो।  त्यस्तै, काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार२६०९ कम भएको छ ।

प्राधिकरणले सबैभन्दा कम छोटो दूरीमा रहेको काठमाडाैं–सिमराको हवाई भाडा १२५ रुपैयाँले घटाउँदै १ हजार २२५ रुपैयाँ कायम गरेको छ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार १४:२६