सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त
२७ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसमा चार जना मुख्य न्यायाधीश तथा न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको हो।
नियुक्त हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका मुख्य न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौंडा इजलासमा कार्यरत न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको वीरगञ्ज अस्थायी इजलासमा कार्यरत न्यायाधीश गोर्कर्ण डाँगी रहेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार उनीहरू चारै जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरिएको हो। राष्ट्रपति कार्यालयका उपसचिव ईश्वरीप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा चारै जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको उल्लेख छ।
प्रकाशित मिति : November 13, 2026 at 12:50 pm










