६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१९ असार, काठमाडाैं । साताकाे तेस्राे काराबारकाे दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतिताेला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन साेमबार सुनकाे मूल्य १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। साेमबार चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार ११:२२