२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँडः २ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुहाेस् नतिजा

१९ असार, काठमाडाैं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ आज असार १९ गते मंगलबार बाँडफाँड गरिएको छ। कम्पनीले असार ५ गतेदेखि असार ८ गते सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालय, ठमेलमा बाँडफाँड गरिएको हो।

कम्पनीले  १०० रुपैयाँ अंकित मूल्यका ६ लाख १३ हजार १६२ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो सेयरमा कुल १० लाख २४ हजार ४६ आवेदन परेको थियो। जसमध्ये २ हजार ८४८ आवेदन रद्द भएको छ भने १० लाख २१ हजार १९८ आवेदन स्वीकृत भएको छ।

कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड भाग्यमानी भाग्यमानी ६१ हजार ३१६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानीबाट २ जनाले थप १–१ कित्ता सेयर पाएका छन्।

कम्पनीकाे आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा बिक्री प्रबन्धकको वेबसाइट  https://himalayancapital.com/, मेरो सेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login र सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/ बाट हेर्नसकिनेछ ।

प्रकाशित मिति : July 4, 2023 at 10:18 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/