१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट

१८ असार, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । आज नेप्से २१.३२ अंकले घटेर दुई हजार ७५ दशमलब ९७ विन्दुमा बन्द भएकाे छ । आज चार अर्ब ५ करोड १० लाख बराबरको कारोबार भएको छ ।

सेयर बजारमा गिरावट आएतापनि आज तिन कम्पनीकाे  सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन  सिवाईसी नेपाल लघुवित्त, बिपिडब्लु लघुवित्त र सिटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी लक्ष्म इक्युटी फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज पनि हिमालयन लाइफको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । यस कम्पनीको आज २३ करोड ९४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार १५:२३