हिमालयन लाइफसहित यी हुन् आज सर्वाधिक काराेबार हुने कम्पनी
१७ असार, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा उच्च अंककाे गिरावट आएकाे छ । गत साताको अन्तिम कारोबारको दिन राताम्य भएर बन्द भएकाे बजारमा आज साताको पहिलो काराेबारकाे दि दिन समेत सोहि निरन्तरता पाएको छ । आज नेप्से ५३.७० अंकले घटेर दुई हजार ९७ दशमलब २९ विन्दुमा बन्द भएको हो । आज ५ अर्ब ८ करोड १९ लाख बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा गिरावट आउँदा पनि सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । आज कम्पनीको ४२ करोड ५६ लाख ५४ हजार रुपैया बराबरको कारोबार भएको छ ।
त्इस्तै, शिवम् सिमेन्ट्सको २७ करोड ५५ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । सोल्टी होटलको २० करोड ८६ लाख ५० हजार रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६ करोड ६७ लाख ५७ हजार रुपैयाँ र आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको १४ करोड ६८ लाख ८१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:16









