२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

डिस मिडिया नेटवर्कले आईपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डमा दियाे आवेदन

१५ असार, काठमाडाैं । डिस मिडिया नेटवर्कले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति माग्दै असार १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको हो ।

कम्पनीको गत चैत २० गते बसेको विशेष साधारण सभाले कम्पनीको पूँजी वृद्धि गर्न सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीकाे आईपीओ निष्काशन तथा प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रकाशित मिति : 17:26