२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

रिलायबल नेपाल लाइफले आईपीओ निष्कासन गर्नेः बोर्डले घटायाे प्रिमियम मूल्य, प्रतिकित्ता कति ?

१५ असार, काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

धितोपत्र बोर्डले कम्पनीलाई १०० अंकित दरमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ निष्कासन गर्न अनुमति दिएकाे हाे ।

सुरुमा कम्पनीले धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दा ११२ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ बिक्रीको अनुमति मागेको थियो। फेरि पछि कम्पनीले प्रिमियम मूल्य बढाउँदै १९९ थपेर प्रतिकित्ता २९९ रुपैयाँमा आईपीओ निष्काशन गर्न अनुमति मागेको थियो। तर धितोपत्र बोर्डले कम्पनीलाई १०० अंकित दरमा १५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ निष्काशन गर्न अनुमति दिएको छ।

अब कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्नेछ। कमपनीकाे आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ भने सेयर प्रत्याभूतिमा एलिट क्यापिटल रहेको छ।

प्रकाशित मिति : June 30, 2023 at 2:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/