आइएमई लाइफको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन?
१४ असार, काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्सकोकाे आईपीओमा आवेदन दिने भोलि असार १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार १ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा भाेलिसम्म मात्रै आवेदन दिन सकिनेछ ।
सीडीएसका अनुसार बुधबार साझसम्म कम्पनीकाे आईपीओमा २० हजार ३ सय ५१ जनाले १६ लाख ७६ हजार ४ सय ३० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर निष्कासन खुला गरेको हो ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
प्रकाशित मिति : 17:01









