२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

डिम्याट खाता खोल्नेको संख्या ५७ लाख २४ हजार, मेरो सेयर प्रयोगकर्ता कति ?

१४ असार, काठमाडाैं । पछिल्लो समय सेयर बजारप्रति लगानीकर्ताकाे आकर्षक बढ्दै गएको हाे। आईपीओबाट राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो । सेयर बजारप्रति आकर्षक बढेसँगै यस क्षेत्रमा प्रवेश गर्ने लगानीकर्ताकाे संख्यामा पनि दिनप्रतिदिन बढ्दै गहिरहेको छ।

डिम्याट खाता नखाेलिकन कुनै पनि कम्पनीले जारी गर्ने साधारण सेयर आईपीओ र दोस्रो बजारमा आवेदन दिन सकिने छैन् । त्यसैले पछिल्लाे समय डिम्याट खाता खोल्नेको संख्या बढ्दै गएकाे छ । सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५७ लाख २४ हजार ८ सय १२ जना पुगेको छ। यस अवधिमा मेरो सेयर खाता खोल्नेको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो सेयर प्रयोगकर्ताको संख्या ४७ लाख ९८ हजार ३ सय २४ पुगेको छ।

प्रकाशित मिति : 16:24