१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

नबिल बैंकले पायाे इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

१३ असार, काठमाडाैं । नबिल बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृत भएको छ।एनबैंकको सुरुआतका लागि नबिल बैंकले प्रोडक्ट इनोभेसन विधाअन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ मा प्लेटिनम अवार्ड जितेको हो। १० विधामा २०० भन्दा बढी मनोनयन भएकोमा नबिल बैंक विजेताका रुपमा छनोटमा परेको थियो।

बैंकले प्राप्त गरेको यो अवार्ड बैंकले लिएको डिजिटल बैंकिङ र नवीनतम सोचको उपज रहेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए। यो अवार्डले अझै आफ्ना ग्राहक, कर्मचारी, लगानीकर्ता र बृहत् समुदायका लागि दिगो, सरल र उत्तम बैंकिङ सेवा ल्याउनेमा थप उर्जा दिएको उनले बताए।

एनबैंक बैंकमा ग्राहकको उपस्थिति विना नै डिजिटल बैंकिङ सेवा प्रदान गर्ने नेपालकै पहिलो मोबाइल बैंकिङ प्लेटफर्म हो। ग्राहकलाई कुनै पनि शाखामा भौतिक फारम नभरी वा कुनै शाखामा नगई एनबैंकको सहयोगमा सेवा लिन सकिन्छ।

यो अवार्डसँगै बैंकले नेपाली बैंकिङ क्षेत्रमा पुनः एक अगुवा साबित भएको बैंकको बुझाइ छ। यस अवार्ड प्राप्तिले थप सिर्जनशील डिजिटल सेवा दिने संकल्पलाई उत्साहित गरेको बैंकले जनाएको छ।

नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो। देशभरि २५५ शाखा र २८३ एटीएमसहित बैंकले ग्राहकको सन्तुष्टि र सेवामा उत्कृष्टताप्रति प्रतिबद्धतालाई सुदृढ गर्दै आफ्ना ग्राहकको विकासशील आवश्यकता पूरा गर्न प्रयासरत छ। आफ्नो डिजिटल फुटप्रिन्टलाई थप विस्तार गर्न र डिजिटल बैंकिङतर्फ विश्वव्यापी परिवर्तनसँग पंक्तिबद्ध गर्न नबिल बैंकले बैंकभित्र भर्चुअल शाखा एनबैंक स्थापना गरेको छ।

प्रकाशित मिति : June 28, 2023 at 10:49 am