२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

रिलायन्स फाइनान्सले बाेलायाे वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

१० असार, काठमाडाैं । रिलायन्स फाइनान्स लिमिटेडले वार्षिक साधारणसभा बाेलाएकाे छ । असार ८ गते शुक्रबार बसेकाे कम्पनी सञ्चालक समितिको बैठककाे निर्णयअनुसार १३ औँ  वार्षिक साधारणसभा असार ३१ गते काठमाडाैंकाे धुम्बाराहीस्थित स्मार्ट दरबार ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३४ प्रतिशत नगद लाभांश गरी कुल ६.८४ प्रतिशत लाभांश पारित गर्नेछ । साथै, सभाले सञ्चालक समितिका प्रतिनिधित्वमा गर्ने संस्थापक र सर्वसाधारणका तर्फबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने, आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृति गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : June 25, 2023 at 12:06 pm