८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

छुट्ला है ! एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

६ असार, काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असार ६ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुले मात्रै  कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीले आफ्नो आठौँ वार्षिक साधारणसभा असार १५ गते कालिकास्थान अमृतभोग काठमाडाैंमा बिहान ११ः३० बजे बाेलाएकाे छ । सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार ०९:१३