२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

डा. वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त, वैरागी सुरक्षा सल्लाहकार

३२ जेठ, काठमाडौं । सरकारले मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरेकाे छ । बिहीबार सि‌ंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो।

डा अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव थिए । बैठकले निवर्तमान मुख्यसचिव शङ्करदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । सरकारले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १०:४७