२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

भारतमा प्रधानमन्त्रीलाई कार्यालय सहयोगी बराबरको सम्मानले मुलुकको शीर निहुरियोः सांसद शाही

२२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भारत भ्रमणमा प्रधानमन्त्रीलाई कार्यालय सहयोगीको बराबर सम्मानले मुलुकको शीर निहुरिएको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको सम्मानमा देशको सम्मानसँग जोडिएको हुनाले भारतमा गरेका गतिविधिहरुले नेपालको शीर निहुरिएको भन्दै त्यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरे ।

उनले भने, प्रधानमन्त्री व्यक्ति हो कि यो राष्ट्रको कार्यकारी प्रमुख हो ? प्रधानमन्त्रीको सम्मानमा यो देशको सम्मान जोडिएको छ । यदि व्यक्तिगत रुपमा भ्रमणमा जानु भएको हो भने हाम्रो आपत्ति छैन् । तर देशको एउटा प्रधानमन्त्रीलाई कुनै देशको कार्यालय सहयोगीको बराबर तपाईको सम्मानले आज मुलुकको शीर निहुरो परेको छ ।यसको जवाफ प्रधानमन्त्रीले संसदमा दिनुपर्छ । किन भने यो मुलुकको कुरा हो । ’
उनले भारत भ्रमणभन्दा अगाडि विधेक प्रमाणीकरण गर्न के आपत्ति आयो भनेर प्रश्न गर्दै नागरिकता विधेयक प्रमाणीकरण गर्दा प्रधानमन्त्रीलाई राष्ट्रपति न्यायाधीश जस्तो लाग्यो कि के हो भन्दै जवाफ मागेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १४:३६