२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नागरिकता विधेयकमा प्रधानमन्त्रीको प्रश्नः अनावश्यक विवाद कसरी आयो ?

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा जारी भएको नागरिकता बिधेयक अहिले प्रमाणिकरण भएको हुँदा यसमा अनावश्यक विवाद झिक्नु आवश्यक नभएको बताएका छन् ।

भारतको भ्रमणको सन्दर्भमा उठेका प्रश्नको जवाफ संसदमा दिने क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणिकरण भएको नागरिकता बिधेयक बिगतमै जारी भएको बिधेयकबाट हुबहु ल्याइएको हुँदा विवाद झिक्नु आवश्यक नभएको बताए ।

उनले भने,‘तत्कालिन राष्ट्रपति विद्यादेवी भणडारीबाट अध्यादेश जारी हुँदाअहिलेको प्रतिपक्षीदलका नेता नै प्रधानमन्त्री थिए । त्यो सरकारमा माओवादी केन्द्र पनि सहभागि थियो । त्यसबेला जारी बिधेयकमा ३ असोज ०७२ भन्दाअघि जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानले १६ वर्ष उमेर पुगेपछि बंशजको आधारमा नागरिकता लिन सक्ने व्यवस्था थियो ।  त्यस्तै, नेपाली आमाबाट नेपालमै जन्मभई नेपालमै बसोबास गर्दै आएको सन्तानले पनि बंशजको नागरिकता लिन सक्ने प्रवाधान उक्त विधेयकमा थियो । राष्ट्रपतिबाट प्रमाणिकरण भएको बिधेयकमा सोही व्यवस्था हुबहु साभार भएका छन् ।  त्यसो हुँदा यसमा बिरोध किन ?’

प्रधानमन्त्री दाहालले नेपाली नागरिकसँग विवाह गरेर आउने बिदेशी नागरिकलाई नेपाली नागरिकता दिने सन्दर्भमा भने केही प्रावधन राखिनु पर्ने बताए । उनले भने,‘नेपाली नागरिकसँग विवाह गरेर आउने बिदेशी नागरिकलाई नेपाली नागरिकता दिने सन्दर्भमा केही प्रावधान राखिनु पर्छ भन्ने बिषयमा हामी पहिले पनि थियौं । र, अहिले पनि हामी यही बिषयमा सहमत छौं ।’

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १४:०७