२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

एमाले प्रचार विभाग प्रमुखमा पत्रकारिता पृष्ठभूमिका राजेन्द्र गाैतम

१९ जेठ, काठमाडौं । नेकपा एमालेले प्रचार तथा प्रकाशन विभागको प्रमुखको जिम्मेवारी स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई दिएको छ । शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले उपमहासचिव पृथ्वीसुब्बा गुरूङको जिम्मेवारी खोसेर पत्रकारिता पृष्ठभूमिका गौतमलाई प्रमुखको जिम्मेवारी दिएको हो । गौतम यसअघि प्रेस चौतारी नेपालको इन्चार्ज भैसकेका नेता हुन ।

प्रेस चौतारी नेपालको पूर्व इन्चार्ज भएर पनि प्रेस चौतारीले २०७८ सालको फागुनमा पोखरामा भएको महाधिवेशनमा राजेन्द्र गौतमसहित सोही मोर्चामा काम गरेका पूर्व नेताहरूलाई निषेध गरिएको थियो । गौतम स्वयंले एमाले अध्यक्ष केपी शर्मा ओली चौतारीको महाधिवेशन उद्घाटनका लागि पोखरा जानेक्रममा बालकोटमा भर्याङबाट झर्दै गर्दा चौतारीको नेतृत्वले सम्झिन पनि नचाहएको भनेर गुनासो गरेको भिडियो नै सार्वजनिक भएको थियो । अहिले उनै गौतम प्रेस चौतारीको पार्टीमा सरोकार राख्ने विभागको प्रमुखमा नियुक्त भएका छन ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १९:२१