२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

संगठन सुदृढीकरणका लागि एमालेले नेताहरूको जिम्मेवारी हेरफेर गर्दै

१९ जेठ, काठमाडौँ । नेकपा एमाले संगठन मजबुद बनाउने अभियानमा कस्सिएको छ । संगठन सृदृढीकरणको लागि भन्दै मिसन ग्रासरूट चलाएको एमालेले त्यसको समापनसँगै अब नेताहरूको जिम्मेवारी हेरफेर गर्न लागेको हो ।

एमालेले त्यसकैका लागि शुक्रबार सचिवालयको बैठक बोलाएको छ । आजको सचिवालयको बैठकले धेरै नेताको जिम्मेवारी हेरफेरको निर्णय लिने एमाले स्रोतले जनाएको छ ।

धेरैजसो भूगोलका जिम्मेवारी पाएका नेताको जिम्मेवारी हेरफेर हुने बुझिएको छ । मिसन ग्रासरूटको निष्कर्षकै रूपमा नेताहरूको कार्यविभाजन तलमाथि गर्न लागिएको एमालेले जनाएको छ । अहिले बिहान ११ः३० बजेदेखि पार्टी मुख्यालय च्यासलमा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दैछ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार ११:१२