२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

रेशम चाैधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

१४ जेष्ठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् बैठकले टीकापुर हत्याकाण्डको मुख्य योजनाकारका रूपमा कैद भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बिहान बसेको बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । भोलि गणतन्त्र दिवसका दिन चौधरीलाई छाड्न सरकारले यस्तो सिफारिस गरेको हो । राष्ट्रपति रामचन्द्र पाैडेलदेखि प्रधानमन्त्री प्रचण्डसम्मले चाैधरीलाई जेलमै पुगेर पटक पटक भेट गरेका थिए ।

२०७२ भदौ ७ मा कैलालीको टीकापुर नगरपालिका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच दिउँसो झडप हुँदा प्रहरी बरिष्ठ उपरिक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो। आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेका चाैधरी तीनै तहका अदालतबाट दोषी ठहर भएका अभियुक्त हुन ।

प्रदर्शनकारीहरूले बरिष्ठ प्रहरी उपरिक्षक सहितको टोलीलाई खुर्पा, भाला, बञ्चरो, खुकुरी लगायतका घरेलु हतियारहरू प्रहार गरी हत्या गरेका थिए।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार ११:२२